दिन त्यो पनि थियो
जब हाम्रो क्षण
अंगालोमा बित्यो
दिन यस्तो पनि रहेछ
छुटिएर पनि बाँच्नुपर्यो
मेरो झै तिम्रो पनि
बाध्यता थियो होला
एकआपसको बिछोडमा पनि
तिमी पनि त रोयौ होला
अभिसाप यो जिन्दगीले
तिम्रो माया पाउन सकिन
झिसमिसे मेरो सुन्यतामा
बिलाउनु थियो बिलाइगयो
कोहि छैन अब मेरो अर्धना सुन्ने
कोहि छैन अब मेरो अर्धना सुन्ने
जीवनमा एकचोटी एक्लो नै हुन्छु
अभिसाप यो जिन्दगीले
तिम्रो माया पाउन सकिन
झिसमिसे मेरो सुन्यतामा
बिलाउनु थियो बिलाइगयो
त्यसैले नै अब तिमी फर्कन
त्यसैले नै अब तिमी फर्कन
आउने आसमा नै बाँचिरहन्छु
No comments:
Post a Comment